Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महासंघद्वारा पत्रकार र सञ्चारगृहलाई सुरक्षा सतर्कता अपनाउन अपिल

spot_img
spot_img

काठमाडौं । मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाल पत्रकार महासंघले पत्रकार तथा सञ्चार संस्थाहरूलाई संयमता र सतर्कता अपनाउन अपिल गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा संविधान र कानुनले सुरक्षित गरेको प्रेस स्वतन्त्रताको पूर्ण उपभोग गर्दै आचारसंहिताको पालना गरेर सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ । जनतालाई सुसूचित गर्ने दायित्व निर्वाह गर्ने क्रममा कुनै अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र आवश्यक समन्वय भइरहेको पनि जनाएको छ ।

महासंघले निषेधित क्षेत्र र कफ्र्यूको समयमा खटिने पत्रकारहरूले अनिवार्य रूपमा परिचयपत्र बोक्न, प्रेस लेखिएको ज्याकेट लगाउन, समूहमा रहनुका साथै आफ्नै सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ । साथै सञ्चारगृह र पत्रकारहरूको सुरक्षामा व्यवस्थापन पक्षले विशेष ध्यान दिनुपर्ने पनि महासंघले जनाएको छ ।

यसबाहेक पत्रकार तथा सञ्चार माध्यममाथि धम्की, त्रास, आक्रमण वा अवरोध भएमा तत्काल महासंघका सम्बद्ध शाखा, प्रदेश समिति वा केन्द्रीय कार्यालयलाई जानकारी गराउन समेत महासंघले अनुरोध गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...