Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

वीरगंजमा प्रदर्शन उग्र: महानगरकाे गाडी र नेपाल टेलिकम कार्यालयमा पनि आगजनी

spot_img
spot_img

वीरगंज । काठमाडाैंस्थित जेनजीकाे प्रदर्शनमा भएकाे दमनविरुद्ध देशभर सहि वीरगंजमा जारी विरोध प्रदर्शन क्रमशः उग्र बन्दै गएको छ। मंगलबार वीरगंज महानगरपालिकाभित्र पार्किङमा रहेका केही गाडीमा आगजनी गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरूले गाडीहरूमा आगो लगाएका हुन् । क्षतिको विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको छ भने सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

यसैबीच, घण्टाघर नजिक रहेको नेपाल टेलिकमकाे कार्यालयमा समेत आगजनी भएको प्रहरीले जनाएको छ । त्यहाँ पार्किङमा रहेका गाडीमा पनि आगो लगाइएको थियाे । घटनापछि वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ र सुरक्षा सतर्कता कडा पारिएको छ।

यसैबिच वीरगंजस्थित आन्तरिक राजश्व कार्यालयमा समेत ताेडफाेड तथा आगजनीकाे घटना भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

यसअघि पनि प्रदर्शनकारीहरूले वीरगंजस्थित नेकपा एमाले पर्सा र नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा आगजनी गरेका थिए । लगातारको आन्दोलन र आगजनी घटनाले वीरगंजकाे स्थिति तनावपूर्ण बनेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ...

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने...