Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विद्यालय शिक्षा विधेयकको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगञ्ज । सांसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भई प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन्।

संयुक्त विद्यार्थी संगठनले सोमबार पर्सा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो। विद्यार्थी संगठनहरूले विधेयकमा विद्यार्थी हितविपरीतका प्रावधान राखिएको भन्दै आपत्ति जनाएका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, अनेरास्ववियु जिल्ला अध्यक्ष सुजित मण्डल, नेविसंघ जिल्ला सभापति रमेश यादव, समाजवादी विद्यार्थी युनियन इकाई अध्यक्ष हरि किशोर यादव, जसपा नेपालका सागिर अली र दिलखुर देवान लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...