Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जेनजी प्रदर्शन : वीरगंजमा पनि आगाे बल्याे, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

देशभर १९ को मृत्यु, ३५० भन्दा बढी घाइते

spot_img
spot_img

वीरगंज । देशको राजधानी काठमाडौँसहित विभिन्न सहरमा जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध गरेको आन्दोलनको क्रममा प्रहरी दमन र हत्याको विरोधमा वीरगंजमा पनि आन्दोलन चर्किएको छ ।

सोमबार साँझ वीरगंजकाे घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गर्दै प्रदर्शन गरेका थिए । बिहान शान्तिपूर्ण रूपमा साङ्केतिक विरोध प्रदर्शन गरेका उनीहरूले साँझ पुनः आन्दोलनलाई तीव्र बनाएका हुन् ।

प्रदर्शनका क्रममा युवाहरूले घण्टाघर, माइस्थान चोक, घडिअर्वालगायतका स्थानमा टायर बालेर विरोध जनाए । प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेकाे थियाे ।

स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले साेमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य द्वारसम्मको क्षेत्रलाई चार किल्ला तोकेर कर्फ्यु लागू गरेको हो।

आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

प्रवक्ता काफ्लेले भने, ‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० जना भन्दा बढी घाइते भएका छन् ।’

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार जारी भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...