Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

spot_img
spot_img

काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । काठमाडाैंकाे सिभिल अस्पतालमा उपचाररत थप एक प्रदर्शनकारीको मृत्यु भएसँगै हालसम्म १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

काठमाडाैंकाे विभिन्न अस्पतामा आज दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा पछिल्लो अपडेट अनुसार सिभिल अस्पतालमा थप एकजनाको निधन भएको हो ।

मन्त्रालय स्रोतका अनुसार, मृत्यु हुनेमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

घाइतेहरूको यकिन विवरण भने अझै प्राप्त हुन बाँकी छ । सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारकाे विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरुकाे मृत्यु भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...