Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जेनजीको प्रदर्शनमा प्रहरीकाे गोली : एक जनाको मृत्यु, ७० भन्दा बढी घाइते

spot_img
spot_img

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। काठमाडाैंकाे नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घटनामा ७०–८० जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ। मृतकको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

घटनाबारे थप विवरण आउन बाँकी छ । साे क्षेत्रमा अहिले कर्फ्यु आदेश जारी भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेकाे हाे ।

कर्फ्यु आदेश भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ । संसद् घेराउ गर्नका लागि जेन जी प्रदर्शनकारी पुगेपछि र ढुंगामुढा गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...