Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

अमित ठेक्का पट्टाको अवैध कर असुली रोकिएन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाँटमा अमित ठेक्का पट्टाका कर्मचारीद्वारा कर असुलीका नाममा भइरहेको अवैध असुली अझै रोकिएको छैन।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने जिम्मा अमित ठेक्का पट्टालाई दिएको भएपनि सम्झौताअनुसार ठेकदारलाई केवल उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ । तर, ठेकदार कम्पनीले नियम विपरीत भारतीय मालवाहक सवारीसाधनसँगै नेपाली सवारीसाधनबाट समेत प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन्।

सोमबार दिउँसो वीरगंजबाट नयाँ जस्ता खरिद गरी जगरनाथपुर अटोमार्फत लैजाने क्रममा ढाँटका कर्मचारीहरूले रोकेर नियम विपरीत ७६५ रुपैयाँ करको रसिद काटेको स्थानीय मनोज ठाकुरले बताए । “हामीले नयाँ जस्तापाता खरिद गरेको बिल देखाउँदा पनि कर्मचारीहरूले स्वीकार गरेनन् । पैसा दिन अस्वीकार गर्दा केही बेर विवाद समेत भयो,” ठाकुरले भने ।

यसैबीच, स्थानीय अमरप्रसाद यादवले नियम विपरीत भइरहेको कर असुली रोक्न माग गर्दै वीरगंज महानगरपालिकामा लिखित निवेदन समेत दर्ता गराएका छन्। विभिन्न सञ्चारमाध्यममा समाचार आउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

यो विषयमा केही दिनअघि वीरगंज आएको अवसरमा गृहमन्त्रीसँग पत्रकारहरूले गुनासो राखेका थिए । तर, अहिलेसम्म ठोस कार्यवाही नहुँदा अवैध असुली यथावत् रहेको स्थानीयको गुनासो छ । ठेक्दारले राजनीतिक पहुँचका कारण कसैलाई नटेरकाे र सम्मबन्धित निकाय माैन देखिएकाे स्थानियहरुकाे भनाई  छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...