Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

किरण साह पक्राउ प्रकरण : पक्ष र विपक्षमा प्रदर्शन, फेरी ३ दिन म्याद थप

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको पक्ष र विपक्षमा वीरगंजमा सडक प्रदर्शन चर्किएको छ।

बाराको कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुर स्थायी घर भएकी हाल वीरगंज–१३ मुर्ली निवासी किरण साहलाई हैजा प्रकोप र खानेपानी अभावबारे गुनासो गर्न फोन सम्पर्क गर्दा मन्त्रीलाई धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सोमबार किरणका आमासहित महिला अभियन्ताहरूले उनकाे रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका थिए भने मंगलबार मन्त्रीका समर्थकहरूले उनीमाथि कानुनी कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडि नाराबाजी गर्दै जनता समाजवादी पार्टीका नेता, कार्यकर्ता महिलाहरुकाे समूहले “जनप्रतिनिधिलाई धम्की अस्वीकार्य” भन्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा नेपाल खानेपानी संस्थानका सदस्य तथा जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य सल्मा खातुन र मधुमाला यादवले नेतृत्व गरेका थिए । खातुन पोखरिया नगरपालिकाकी पूर्व उप–प्रमुख समेत हुन् ।

मन्त्री यादवका स्वकिय सचिव हरिन्द्र साहले दिएको उजुरीका आधारमा किरण साहमाथि विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने र झुटा अफवाह फैलाउने आरोपमा प्रहरीले मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालका अनुसार प्रहरी हिरासतमा रहेकी किरणमाथि अनुसन्धानका लागि मंगलबार फेरी पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरिएकाे छ ।

यस घटनाले जनस्वास्थ्य संकट, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधिको जवाफदेहिताबारे व्यापक बहस सुरु गराएको छ । एकातर्फ नागरिकहरूले प्रश्न गर्ने अधिकार सुरक्षित गर्नुपर्ने तर्क अघि सारिरहेका छन् भने अर्कोतर्फ मन्त्रीका समर्थकहरू प्रतिनिधिको इज्जत र सुरक्षामाथि जोड दिइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...