Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मधेश प्रदेशमा सरकार बनाउन अब लोसपाको पालो आएको छ : अध्यक्ष महन्थ ठाकुर

spot_img
spot_img

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकारको नेतृत्व गर्ने पालो आफ्नो पार्टीको आएको दाबी गर्नुभएको छ ।

मंगलबार राजविराजमा लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेश प्रदेशमा मधेशी दलहरूले साढे सात वर्षसम्म निरन्तर सरकारको नेतृत्व गरिसकेको बताउँदै, केन्द्रमा भएको सत्ता–गठबन्धन अनुसार अब नेतृत्व गर्ने जिम्मेवारी लोसपाको रहेको स्पष्ट पार्नुभयो।

“मधेश प्रदेशमा कांग्रेस–एमाले मिलेर मात्र सरकार बन्न सक्दैन, मधेशी दलको साथ चाहिन्छ । मधेशी दलहरूले नेतृत्व गरिसकेकाले अबको पालो हाम्रो हो,” उहाँले भन्नुभयो। ठाकुरका अनुसार अहिले तत्कालै सरकार परिवर्तन सम्भव नभए पनि रूपन्देही उप–निर्वाचनपछि परिवर्तनको सम्भावना रहनेछ।

उहाँले केन्द्रमा दुई ठूला दलको बहुमतको सरकार रहेकोले २०८४ सम्म चल्ने विश्वास व्यक्त गर्दै लोसपा सरकारमै रहेर जनताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले शान्तिपूर्ण आन्दोलनसँगै सदनमा मधेशको खडेरी र खानेपानी समस्याबारे निरन्तर आवाज उठाइरहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीसँगै सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेको अनुभव सुनाउँदै ठाकुरले पाँच सय डिप बोरिङ दिने घोषणा आजसम्म कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो।

त्यसैगरी, अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा बजेट निर्माण हुनुपर्ने माग गर्दै मधेश प्रदेशबाट केन्द्रमा जाने राजस्वको कम्तिमा ३५ प्रतिशत प्रदेशमै आउनुपर्ने धारणा राख्नुभयो। “अहिलेसम्म २० प्रतिशत पनि फिर्ता आएको छैन,” उहाँले दाबी गर्नुभयो।

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झा लगायतका नेताहरूको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...