Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा यसै वर्ष दलित छात्रावास बनाउने मेयर सिंहको घोषणा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसै वर्ष दलित छात्रावास निर्माण गर्ने घोषणा गरेका छन्।

नेपाल पासवान संघ, पर्साले आयोजना गरेको बृहत पासवान भेलालाई सोमबार सम्बोधन गर्दै मेयर सिंहले दलित विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्न छात्रावास निर्माण गर्न लागेको बताए । प्रमुख अतिथि समेत रहेका उनले दलित विद्यार्थीहरूको शैक्षिक यात्रामा सहजता ल्याउन छात्रावास आवश्यक भएको बताए ।

मेयर सिंहले दलितहरूको अवस्था सुधार नआउनुमा आंशिक कारण दलित स्वयं र दलित अगुवाहरू पनि रहेको उल्लेख गर्दै भने, “कानूनले दिएको अधिकारका सवालमा बोल्न नसक्नु र अगुवाहरूले अवसरवादी भूमिकामात्र लिनु कमजोरी हो।”

कार्यक्रममा अल इन्डिया पासवान एकता मञ्चका अध्यक्ष निरञ्जन पासवानले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता जस्तै नेपाल र भारतका पासवानबीचको आपसी सम्बन्धलाई मजबुत बनाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने बताए।

नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सम्पन्न भेलामा मञ्चका महासचिव डा. बिरेन्द्र पासवान, चौहरमल राष्ट्रिय परिषद मुकामका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान, दलित संघर्ष समिति बाराका अध्यक्ष शिदयाल पासवान, रौतहटका मटुक पासवान, नरेन्द्र पासवान, कलाकार प्रीति पासवानलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत पत्रकार बृजलाल पासवानले गरेका थिए भने सञ्चालन संघका सचिव रबि भूषण पासवानले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...