Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

किरण साहको रिहाइ माग गर्दै वीरगंजमा महिलाहरूको प्रदर्शन

spot_img
spot_img

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी युवती किरण साहको रिहाइको माग गर्दै सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि महिलाहरूले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले वीरगंजमा फैलिएको हैजा र झाडापखालाबारे मन्त्रीसँग जानकारी लिन खोज्दा मात्रै साहलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका हुन् । सहभागी महिलाहरूले तत्काल साहलाई छाड्न माग गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य करिमा बेगमले फोनमार्फत प्रश्न सोधेकै आधारमा पक्राउ गर्नु गलत भएको बताउँदै प्रहरीलाई तत्काल रिहाइको आग्रह गरिन् । उनले पदमा बस्ने व्यक्तिलाई प्रश्न गर्दा समेत मुद्दा दर्ता गर्नु अस्वीकार्य भएको टिप्पणी गरिन् ।

प्रदर्शनमा किरणकी आमा साबित्री साहले मन्त्रीले पद र पावरको दुरुपयोग गर्दै छोरीलाई पक्राउ गराएको आरोप लगाइन् । उनले छोरीलाई तत्काल नछाडे थप महिलालाई समेत सडकमा उतार्ने चेतावनी दिइन् ।

यसैगरी, समाजवादी दलित मुक्ति संगठनकी कोषाध्यक्ष ताराकुमारी राम, समाजवादी महिला संघ पर्साकी अध्यक्ष संगीता तिवारी, जनमत पार्टीकी महिला नेतृ नजमा खातुनलगायत महिलाहरूको उपस्थिति थियो।

यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला अदालतबाट किरण साहलाई तीन दिन म्याद थप गरेको छ। प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार साहविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिने कसुर र झुठा अफवाह फैलाएको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

शनिबार मन्त्री यादवको सचिवालयबाट परेको उजुरीका आधारमा साहलाई नियन्त्रणमा लिइएको हो । शुक्रबार राति सामाजिक सञ्जालमा सार्वजनिक अडियोमार्फत किरणले वीरगंजमा हैजाका कारण जनस्वास्थ्यमा देखिएको समस्या बारे मन्त्री यादवसँग कडा प्रश्न गरेकी थिइन् । पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग प्रत्यक्ष कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको अडियोमा सुनिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...