Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बडहर्वा चोकबाट बेवारिसे महिला उद्धार

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले वारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१८ बडहर्वा चोकबाट एक बेवारिसे महिलालाई उद्धार गरेको छ । सोमबार दिउँसो करिब २:३० बजे उद्धार गरिएको सो महिला मानसिक रूपमा कमजोर अवस्थामा थिइन् ।

अन्दाजी ४० वर्षकी ती महिलाले आफूलाई नाएदा खातुन भने पनि ठेगाना प्रस्ट बताउन नसकेको आश्रमले जनाएको छ । उद्धारपछि उनलाई आश्रममा लगेर सरसफाइ, नुहाइधुहाइ गरी डा. भरत गोईज्यूको निगरानीमा औषधोपचार गरिने बताइएको छ ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, स्वयंसेवक सरोज बिक, दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका हवलदार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले र स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...