Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा चोरी गर्दै आएका युवक गाँजा र १५ लाख नगदसहित पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चोरी र लागुऔषध कारोबारमा संलग्न एक युवकलाई गाँजा र ठूला परिमाणको नगदसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ बस्ने ३५ वर्षीय शेख साहेबजान मियाँ (मखु) रहेका छन् । उनी विगतमा पनि पटक–पटक चोरीसम्बन्धी कसूरमा सजाय भोगिसकेको पाइएको छ ।

मौलापुर नगरपालिका–१ रौतहटका रामपुकार प्रसाद यादवको घरबाट रु. एक लाख २९ हजार ८ सय भारतीय रुपैयाँ, रु. एक लाख २५ हजार नेपाली रुपैयाँ र सुन–चाँदीका गहना चोरी भएको घटनाको अनुसन्धान क्रममा सीसीटीभी फुटेजको आधारमा मियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।

विशेष सूचना र अनुसन्धानका क्रममा उनको घर खानतलासी गर्दा ९ किलो ८०९ ग्राम गाँजा, डिजिटल तराजु, विभिन्न सुन–चाँदीका गहना र श्रोत नखुलेको १५ लाख १५ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले वताए ।

उनका अनुसार बरामद गहनामा सुनका झुम्का, नाकको नथिया, माङ टिका, सिक्रीसहितको लकेट, टप, चाँदीका पायल र माठा रहेका छन् । पक्राउ परेका मियाँविरुद्ध चोरी र लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...