Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026

संघीय शिक्षा ऐनविरुद्ध वीरगंजमा निजी विद्यालय सञ्चालकहरूको बृहत् विरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । संघीय शिक्षा ऐनमार्फत निजी विद्यालयलाई बन्द गर्ने खालका प्रावधान ल्याउन लागिएको भन्दै बिहीवार मधेश प्रदेशभरका निजी विद्यालय सञ्चालकहरूले बृहत् विरोध प्रदर्शन गरेका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन लगायतका निजी तथा आवासीय विद्यालय सञ्चालक संगठनहरूको संयुक्त आयोजनामा वीरगंजमा भएको प्रदर्शन पुरानो बसपार्कबाट सुरु भई शहरका विभिन्न मार्ग परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो।

र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । सभामा विभिन्न वक्ताहरूले माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । अन्त्यमा, सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

कार्यक्रमको संयोजन प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए । कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, वरिष्ठ उपाध्यक्ष सुशिला साह, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव, हिसान पर्साका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन मधेश प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार इमामुद्दिन अहमद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, संस्थापक सदस्य लालबाबु पटेल, एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, सचिव शेख अजहरलगायतको उपस्थिति थियो।

विरोध प्रदर्शनमा सहभागी विद्यालय सञ्चालकहरूले शिक्षा ऐनका प्रावधानले निजी विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने भन्दै तत्काल संशोधन गर्न माग दोहोर्याए । उनीहरूले विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको हकअधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तर सुनिश्चित हुने गरी विधेयक पुनर्लेखन गर्न सरकारलाई आग्रह गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ठूलो बाघमोर्चामा लामा नाचको रौनक, तामाङ संस्कृतिको अनुपम प्रदर्शन

सेढवा । पर्साको ठोरी गाउँपालिका–५ स्थित ठूलो बाघमोर्चामा तामाङ समुदायको आयोजनामा परम्परागत लामा नाच (झाँकी) तथा धार्मिक पूजाआजा कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको...

सोलखपुरमा छठघाट उद्घाटन, स्थानीयको वर्षौं पुरानो सपना साकार

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज...

छठ घाटका लागि संकलन गरिएका बाँस र टाली चोरी

वीरगंज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाट निर्माणका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली...