Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

नारायणी रङ्गशाला बचाउ अभियान शुरु, स्थानीय युवाको श्रमदानले पुनर्जीवनको आशा

spot_img
spot_img

वीरगंज । वीरगंजकाे गौरव मानिने ऐतिहासिक नारायणी रङ्गशाला जिर्ण अवस्थामा पुगेपछि यसलाई पुनर्जीवित गर्ने उद्देश्यले “नारायणी रङ्गशाला बचाउ अभियान” सुरु गरिएको छ। राजनीतिक दल र तीन तहका सरकारको वेवास्ताबीच स्थानीय अभियन्ता, आरम्भ भेट्रान क्लब, खेलाडी तथा सामाजिक अभियन्ताहरूको संयुक्त पहलमा श्रमदान हुँदै आएको छ।

वर्षौँदेखि कुनै सुधार वा पुनर्निर्माण नहुँदा एक समय राष्ट्रिय प्रतियोगिता, खेलकुदका कार्यक्रम र सांस्कृतिक गतिविधिका लागि परिचित बनेको यो रङ्गशाला अहिले खराव संरचना र बेवास्ताको शिकार बनेको छ।

सामाजिक अभियन्ता विशाल कुमारको नेतृत्वमा भएको अभियानमा आरम्भ भेट्रान क्लबका सदस्य, खेलाडी र स्थानीय युवाहरू सक्रिय सहभागी बनेका छन् । उनीहरूले रङ्गशालाको वरिपरि सफाइ, घाँस झार्ने र जीर्ण संरचना हटाउने काम गरेका छन् ।

अभियन्ता विशाल कुमारले सरकार र निकायहरूले ध्यान नदिएको अवस्थामा स्थानीयले आफैं अघि बढेर रङ्गशालाको संरक्षणको जिम्मा लिनुपरेको बताए । उनका अनुसार स्थानीयको सक्रियता र सामूहिक प्रयासबाट यो अभियानले ठूलो सन्देश दिएको छ ।

यस अभियानपछि अब नारायणी रङ्गशालालाई बचाउन सकिन्छ भन्ने नयाँ आशा पलाएको छ । स्थानीयले नियमित रूपमा यस्ता गतिविधि सञ्चालन गर्ने र खेल मैदानलाई खेलाडीमैत्री बनाउन निरन्तर दबाब दिने प्रतिबद्धता जनाएका छन् ।

ग्रीन सिटी वीरगंज, आरम्भ भेट्रान क्लब र सामाजिक अभियन्ता विशाल कुमारको नेतृत्वमा गरिएको यस अभियानले शहरको हरितरण र खेलकुद पूर्वाधार जोगाउन स्थानीय स्तरमै ठूला पहल गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४...

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...