Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

मध्य नेपाल सन्देश साप्ताहिकको दशौं वार्षिकोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको दशौं वार्षिकोत्सव समारोह बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले उद्घाटन गरेकी थिइन ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी अध्यक्ष शर्माले हाल पत्रकारिता आर्थिक संकटमा परेको बताइन् । सामाजिक सञ्जालको प्रभावले पत्रकारितामाथि विश्वास घट्दै गएको उल्लेख गर्दै उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी बनेका कानुनहरूको विरोधमा महासंघ आन्दोलनरत रहेको वताइन ।

“संविधान विपरीत अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी बनेका कानुनहरूको विरोधमा हामी आन्दोलनमै छौं,” अध्यक्ष शर्माले भनिन् । साथै, उनले पत्रकारहरूले केवल सूचना दिने मात्र नभई छिटो, छरितो र व्यवसायिक ढंगले सत्य सूचना दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केशी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्मा, प्रेस चौतारी मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, पर्सा जिल्ला अध्यक्ष निरञ्जन मिश्र, समाजवादी प्रेस संगठन पर्सा अध्यक्ष शम्भु कुमार सुमन, राष्ट्रिय मुक्ति पार्टीका नेता नेजामुदिन सम्मानीलगायतको उपस्थिति रहेको थियो ।

पत्रकार झा, यादव र भण्डारी पुरस्कृत

सो अवसरमा मध्ये नेपला सन्देशले स्थापना गरेकाे अन्नपूर्ण पोस्ट मधेश प्रदेश ब्यूरो प्रमुख मनिका झा, पत्रिकाका स्तम्भकार शिवनाथ यादव र गीता भण्डारीलाई सम्मान गरिएको थियो । झालाई १५ हजार रुपैयाँसहित सम्मानपत्र, यादव र भण्डारीलाई ११ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

वीरगंजस्थित कलाशिक बैंक्वेटमा भएकाे कार्यक्रमकाे संचालन संचारकर्मी लक्ष्मि खरेलले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बर्वा छठघाटमा डिजेको आतंक मच्चाउने पाँच जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर सार्वजनिक स्थलमा अशान्ति मच्चाएको तथा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ...

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरिँदैछ पूजा–आराधना

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ...

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...