Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

निजी विद्यालयहरुको आन्दोलनमा वीरगंज उद्योग वाणिज्य संघको ऐक्यबद्धता

spot_img
spot_img

वीरगंज । विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० का केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनरत निजी तथा आवासीय विद्यालयहरुको मागलाई समर्थन गर्दै वीरगंज उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएको छ ।

संघका अध्यक्ष हरिप्रसाद गौतमले बिहीबार प्याब्सन पर्सालाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत संघले विवादास्पद प्रावधान पुनरावलोकन गरी सरोकारवालासँग पर्याप्त छलफलपश्चात मात्र कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

संघले शिक्षा क्षेत्र राष्ट्रको दिगो विकास, गुणस्तरीय मानव संसाधन उत्पादन र समृद्ध समाज हासिल गर्ने आधार भएको उल्लेख गर्दै निजी विद्यालयहरुले विगत लामो समयदेखि गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनामा खेलेको महत्वपूर्ण योगदानलाई राज्यले आत्मसात गर्नुपर्नेमा नियन्त्रणकारी र असहयोगी नीति अवलम्बन गरेकोमा चिन्ता व्यक्त गरेको छ ।

संघका अनुसार, गैरनाफामूलक र पूर्ण छात्रवृत्ति जस्ता बाध्यकारी प्रावधानले निजी क्षेत्रको लगानीको अवमूल्यन गर्ने मात्र नभई शिक्षा क्षेत्र नै अस्तव्यस्त हुने खतरा छ ।

संघले सरकार, निजी विद्यालय तथा सरोकारवाला पक्षबीच वार्ता र छलफलमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...