Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बलराका मेयर र स्वास्थ्य मन्त्रीबीच नगर अस्पताल स्तरोन्नति सम्बन्धी छलफल

spot_img
spot_img

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा बलरा नगरवासीको लामो प्रतीक्षा र चाहनालाई ध्यानमा राख्दै नगर अस्पतालको थप स्तरोन्नति सम्बन्धी विषयमा गहन र सार्थक छलफल गरिएको मेयर कुशवाहाले जानकारी दिए । उनका अनुसार विशेषगरी अस्पतालको भौतिक पूर्वाधार सुदृढीकरण, दक्ष जनशक्ति व्यवस्थापन, अत्याधुनिक मेडिकल उपकरणको व्यवस्था तथा औषधी आपूर्ति प्रणालीमा सुधार गर्ने विषयमा विस्तृत कुराकानी भएको छ।

मन्त्री पौडेलले बलरा नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधारका लागि सहकार्य गर्न स्पष्ट प्रतिबद्धता जनाउनु भएको मेयर कुशवाहाले बताए । उहाँको सकारात्मक दृष्टिकोण, दूरदर्शी सोच र सहयोगी भावनाले बलरा नगरवासीलाई आशावादी बनाएको पनि मेयर कुशवाहाले बताए ।

मेयर कुशवाहाका अनुसार अब बलरा नगरअस्पताललाई थप आत्मनिर्भर, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दृढ संकल्पसहित नगरपालिकाले अगाडि बढ्नेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...