Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

वीरगंजमा हैजा संक्रमित घट्दै, ग्रामीण भेगमा बढ्दै

वीरगंजमा १५ जना र पाेखरियामा ५ जना नयाँ संक्रमित भेटिए

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण भेगमा पनि हैजा संक्रमित भेटिन थालेका छन् । पाेखरिया अस्पतालमा मंगलबार ३ जना र बुधबार ५ जनामा हैजा संक्रमण पुष्टि भएकाे मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले बताए ।

संक्रमित सबै पर्साका ग्रामीण क्षेत्रका स्थानीय रहेको उनले जानकारी दिए । उनका अनुसार संक्रमितहरुकाे पाेखरिया अस्पताल मै भर्ना गरि उपचार भइरहेकाे छ ।

वीरगंजकाे विभिन्न वडामा भेटिएकाे हैजा संक्रमित पर्साकाे ग्रामिण भेगमा पनि भेटन थालेपछि ग्रामिण भेगमापनि सर्तकता अपनाउन तथा पूर्व तयारी जरुरी रहेकाे चिकित्सकहरुले वताएका छन् ।

वीरगंजमा मंगलबार २१ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार फेरि थप १५ जनामा हैजा पुष्टि भएको छ । वीरगंजका विभिन्न अस्पतालमा मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ६ बजेसम्म थप १५ जनामा संक्रमण भेटिएको वीरगंज महानगरपालिकाका जन स्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार हालसम्म वीरगंजमा १३२ जना संक्रमितमध्ये ५६ जना डिस्चार्ज भइसकेका छन् भने ७६ जना अझै उपचाररत छन् ।

हाल सम्म वीरगंजमा झाडापखालाका बिरामी ५२८ जना अस्पताल पुगेका छन् । तीमध्ये २५७ जना उपचारपछि घर फर्किएका छन् भने हाल २७१ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४...

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...