Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

पर्सामा ३ हजार बिरुवा रोप्दै वातावरण संरक्षण अभियान सम्पन्न

spot_img
spot_img

वीरगंज । पूर्ण ब्रह्म कविर उपासक समाज, नेपाल, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–०३ सिर्जना टोल एरिया, साझेदारी वनमा ३ हजार बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएकाे छ ।

परम पूज्य तत्वदर्शी संत रामपाल महाराजको सानिध्यमा आयोजित यस कार्यक्रमअन्तर्गत वातावरण सन्तुलन र मानव कल्याणको लागि “बोट बिरुवा लगाऔं र संरक्षण गरौं” अभियानलाई अघि बढाइएको छ । कार्यक्रममा साझेदारी वनका पूर्व अध्यक्ष लखन लाल शाह र पर्सागढी नगरपालिकाका पूर्व अध्यक्ष सत्नरायण चौधरीको समेत उपस्थिती रहेको थियो।

पूर्ण ब्रह्म कविर उपासक समाज नेपाल, पर्साका संयोजक नरेश प्रसाद पंडितले कार्यक्रमको उद्देश्य र वृक्षारोपणको महत्वबारे जानकारी दिए । सहभागीहरूद्वारा वृक्षारोपणको काम उत्साहपूर्वक सम्पन्न गरिएको र भविष्यमा पनि नियमित रूपमा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मुआब्जा माग्दै श्रीसियावासीद्वारा ड्राइपोर्टको मूलगेटमा धर्ना

वीरगञ्ज । मुआब्जा माग गर्दै वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले श्रीसिया सुक्खा बन्दरगाह ९ड्राइपोर्ट०को मूलगेटमा आज बिहानदेखि धर्ना दिएका छन्। स्थानीयवासीले बिहान ७ बजेदेखि त्रिपाल टाँगेर...

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...