Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपा पर्सा क्षेत्र नं. ४ काे सभापतिमा जितेन्द्र मिश्र निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं ४ को क्षेत्रिय भेला सम्पन्न भएकाे छ । ठाेरीमा सम्पन्न भेलाले जितेन्द्र मिश्रकाे नेतृत्व क्षेत्रिय समिति पुर्नगठन गरेकाे रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले जानकारी दिए ।

उनका अनुसार रास्वपा पर्सा क्षेत्र नं. ४ काे सभापतिमा पुन: जितेन्द्र मिश्र निर्विराेध निर्वाचित भएका हुन् । पुर्नगठित समितिकाे उपसभापतिमा प्रवेज अहमद, सचिवमा सुमन परियार, सदस्यहरुमा बिकि यादव, दिपेन्द्र दास तत्वा, अमलेस प्रजापति सर्वसहमत चयन भएका हुन् ।

जिल्ला सभापति हरि पन्तको सभापतित्व र केन्द्रिय सदस्य डा. यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा जिल्ला उपसभापति तुल्सी पाैडेल, पूर्व जिल्ला संयाेजक दिलिप कुर्मी, क्षेत्रिय सभापति मनाेज कुर्मी, राम आर्य, रास्वपा नेता शम्भु कडेल, शम्भु राय माझी, क्षेत्र अन्तर्गतका गाउँपालिका सभापति, वडा समितिका सभापतिहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी शनिबार नै रास्वपाकाे ठोरी गाउँपालिकाकाे समिति पनि पुर्नगठन भएकाे छ । माधव बस्नेतकाे नेतृत्वमा ठाेरी गाउँपालिका समिति पुर्नगठन भएकाे केन्द्रिय सदस्य डा. यादवले वताए । उनका अनुसार रास्वपा ठाेरी गाउँपालिकाकाे सभापतिमा पुन: बुस्नेत निर्विराेध निर्वाचित भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...