Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा हैजा नियन्त्रणका लागि स्वास्थ्य संकट समितिको ६ बुँदे निर्णय

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा हैजाको संक्रमण बढ्दै गएपछि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठक शनिबार सम्पन्न भएको छ। समिति संयोजक एवं कार्यवाहक प्रमुख जिल्ला अधिकारी (नि. सिडिओ) सुमन कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले झाडापखाला र हैजा (कोलेरा) रोकथामका लागि तत्काल लागू हुने विभिन्न निर्णयहरू गरेको हो।

बैठकले सबै सरोकारवालाको समन्वयमा व्यापक जनचेतनामूलक घरदैलो कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। उपचारका लागि गएका बिरामीलाई पर्सास्थित सबै अस्पतालहरूले पहिलो प्राथमिकतामा राखी यथोचित उपचार उपलब्ध गराउनुपर्ने, साथै संक्रमण बढेमा Dedicated Bed छुट्याई थप जनशक्ति परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, स्वास्थ्य कार्यालय पर्साले उपचारका लागि आवश्यक औषधि तथा परीक्षण किट उपलब्ध गराउने, सरसफाइ प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवाला समूहलाई प्रभावकारी ढंगले परिचालन गर्न वीरगंज महानगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ।

यसका साथै, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चारकर्मी र दातृ निकायहरूको सहकार्यमा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक सामग्री व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले अर्को बैठक भोलि मिति २०८२ भदौ ८ गते दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा राख्ने निर्णयसमेत गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...