Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा हैजा समुदायस्तरमै फैलियो, महानगरकाे आपतकालीन नियंत्रण अभियान सुरू

spot_img
spot_img

वीरगंज । वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगंज महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाम अभियानमा जुटेको छ।

शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) मा स्थानीय बासिन्दामा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा संक्रमण वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ। यसबीच महानगरले अस्पताल सञ्चालकहरूसँग बैठक गर्दै संक्रमण नियन्त्रणमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स र अन्य साधनस्रोत परिचालन गर्न निर्देशन दिएका छन् । अहिले महानगरका ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई बोलाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने हेल्प डेस्क र सूचना केन्द्र पनि स्थापना गरिएको छ।

विशेष गरी मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। परीक्षणका क्रममा तीन जनामा भिब्रियो कोलेरा जीवाणु पुष्टि भएको छ। शनिबारसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको खबर आए पनि ती मृत्यु हैजाकै कारण भएको हो वा नभएको पुष्टि भइसकेको छैन।

विशेषज्ञहरूले दूषित पानी र खाना सेवन हैजाको मुख्य कारण भएको भन्दै सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। हाल वीरगंजका विभिन्न बस्तीमा ढल र खानेपानी मिसिएको समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ। महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...