Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा हैजाको जोखिम बढेसँगै दुई दिन विद्यालय बन्द हुने

spot_img
spot_img

वीरगंज । पछिल्ला दिनमा हैजाको सङ्क्रमण बढ्दै गएपछि वीरगंज महानगरपालिकाले अत्यावश्यक सतर्कता स्वरूप विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको हो।

सूचनामा भनिएको छ, “हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा पठनपाठन अस्थायी रूपमा रोकिएको छ।” साथै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई सतर्कता अपनाउन आह्वान गरिएको छ।

महानगरले सुरक्षित स्वास्थ्य अभ्यासमा जोड दिँदै सबैलाई पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन, काँचै खाने तरकारी तथा सागपात तातोपानीले धोएर मात्र खाने, सरसफाइ कायम राख्ने र अन्य सावधानी अपनाउन अनुरोध गरेको छ।

महानगरले हैजाको जोखिम कम गर्न सामूहिक सहयोग आवश्यक भएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...