Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा हैजाको बिरामी भेटिएपछि स्वास्थ्यकर्मीको टोलि परिचालन, सतर्कता अपनाउन अनुरोध

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएपछि रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

संक्रमणको जानकारी पाएलगत्तै महानगर प्रमुख राजेशमान सिंहले टोलीलाई तत्काल प्रभावित क्षेत्रमा खटाउन निर्देशन दिएका थिए। निर्देशनअनुसार टोली रातिदेखि नै संक्रमित क्षेत्रमा पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य थालेको हो।

महानगरका अनुसार मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडापखालाका कारण वीरगंजको तराई हस्पिटलमा भर्ना भएका थिए। एकैपटक ठूलो संख्यामा बिरामी आएपछि अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो। त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो। संक्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिएका छन्।

यसैबीच, मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

हैजा फैलिन नदिन र स्थानीयलाई सतर्क बनाउन महानगरले घर–घरमा पुगेर सचेतना अभियान सुरु गरेको छ। टोलीले हैजाबाट जोगिने उपायहरूबारे जानकारी दिँदै शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ। अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर र महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायत सक्रिय छन्।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो। भिब्रियो कोलेरा जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ। यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिन्छन्। समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने उनले चेतावनी दिएका छन्।

महानगरले सबैलाई उमालिएको वा निर्मलीकरण गरिएको पानी पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले धोएर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक–पटक हात धुन, भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न आग्रह गरेको छ।

महानगर प्रमुख सिंहले हैजा गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा लापरबाही नगर्न सबैलाई चेतावनी दिएका छन्। उनले कुनै पनि शंकास्पद लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...