Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा १४ लाख भन्दा बढी हुण्डी रकमसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १४ लाख १३ हजार ५०० रुपैयाँ हुण्डी रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा बिहिबार साँझ करिब ४ बजेर २० मिनेटमा वीरगंज महानगरपालिका–२, घुसुकपुर इदगाह चोक सडक खण्डमा भारतीय नम्बर प्लेट बिआर०५ एबि ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका दुई मोटरसाइकल रोकी जाँच गरिएको थियो।

जाँचका क्रममा मोटरसाइकलमा फल्स सिलिङ बनाएर लुकाइ राखिएको अवस्थामा एक हजारका एक हजार थान (जम्मा रु. १० लाख) र रु. ५ सय का ८ सय २७ थान (जम्मा रु. ४ लाख १३ हजार ५००) बरामद गरिएको प्रहरीले जनाएको छ।

यसरी पक्राउ परेका व्यक्तिहरूमा वीरगंज महानगरपालिका–२, घुसुकपुर बस्ने ३९ वर्षीय संजय कुमार साह र बारा जिल्ला महागढीमाई नगरपालिका–४, बगडमपुर बस्ने ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् ।

उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबाष भट्टले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...