Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २४ कार्यालयको आयोजनामा शुक्रबार हिन्दु महिलाहरूको महान पर्व तीज विशेष तथा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वीरगंजस्थित साह दरबार होटलमा आयोजित कार्यक्रममा वडा अन्तर्गतका सयौं महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा महिलाहरूले दर खानासँगै नाचगान गरी तीजको उल्लास साझा गरे ।

वीरगंज २४ का वडाध्यक्ष विजय कुर्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग), वडा नं. १२ का वडाध्यक्ष सुरेश गुप्ता, वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर कुशवाहा, सारधा मावि बशुहरीका प्रधानाध्यापक अनिल बर्णवाल, वडा नं. २४ का वडा सदस्य सदाम हुसेन, सीता देवीलगायत जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन राहुल साहले गरेका थिए । आयोजकहरूले यस किसिमका कार्यक्रमले महिला बीच एकता, सांस्कृतिक परम्परा र सामाजिक सद्भाव मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, सगरमाथा एकेडेमी, वीरगंजले हरितालिका तीजको अवसरमा महिलाहरूबीच आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक मूल्यको सम्मान गर्दै शुक्रबार दर खाने कार्यक्रमको आयोजना गरेको छ।

स्कूलका अध्यक्ष जियालाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक, शिक्षिका, कर्मचारी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै महिला कर्मचारीहरूबीच समझदारी, एकता र समावेशी भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...