Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

जगरनाथपुर गाउँपालिकाकाे ८ बिघा ऐलानी जमिनमा पुन: वृक्षारोपण

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारी टोलस्थित पुनः करिब ८ बिघा खाली ऐलानी जमिनमा आइतबार वृक्षारोपण गरिएको छ।

समृद्धिका लागि वन परियोजना अन्तर्गत गाउँपालिकाको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा आँप, कटहर, जामुन, खयरलगायतका बहुउपयोगी वृक्षका बिरुवा रोपिएका छन्। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवका अनुसार अतिक्रमण हुँदै गएको सार्वजनिक जग्गाको संरक्षण गर्दै वातावरणीय सुधार, हरियाली प्रवर्द्धन र दीर्घकालीन आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको हो।

वृक्षारोपण कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै नेता रिजालले वृक्षारोपणले पर्यावरण संरक्षणसँगै गाउँपालिकाको आन्तरिक स्रोत वृद्धि र सार्वजनिक जग्गाको संरक्षणमा टेवा पुग्ने बताए।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य शंकर चौधरी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्ट, गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, नेपाली कांग्रेसका नेता बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डे, नवीन सिंह, सहरुम राउत गद्दी, वडाध्यक्षहरु लक्षमी साह तेलि, नेपाली कुशवाहा, शुभाष यादव लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष यादवले वृक्षारोपणलाई दीर्घकालीन योजना अन्तर्गतको महत्वपूर्ण पहल भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको संचालन बलिस्टर अहमदले गरेका थिए।

यश अघि शुक्रबार पनि वडा नं. २ दशौतास्थित नदिको बगरमा रहेको करिब १० बिघा उपयोगविहीन जग्गामा २७ प्रजातिका १० हजारभन्दा बढी अमला, आँप, लिच्ची, कटहर, जामुन, कदम, पिपल, बर, मसला, खयर लगायतका विरुवा रोपिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...