Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारबाहीको माग गर्दै धर्ना

spot_img
spot_img

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको मागसहित पत्रकारहरूले आज धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेट अगाडि बिहान ११ बजेदेखि धर्ना सुरु गरेका हुन्। उनीहरूले “आक्रमण गर्ने वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” लगायतका नारा लेखिएका प्लेकार्डसहित विरोध जनाएका थिए।

गत साउन २७ गते गुठी संस्थानबाट कानुनी प्रक्रिया पूरा गरी महासंघले लिजमा लिएको ४ कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए।

आक्रमणमा संलग्न वकिलहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै पत्रकारहरूले निरन्तर दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...