Date
मङ्ल, कार्तिक २४, २०८३
Tue, November 10, 2026

पर्साको कटेया गाउँमा छापा, दुई घरबाट १९१ बोरा मल बरामद

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँका दुई घरमा प्रहरीले छापा मार्दा १९१ बोरा सरकारी अनुदानको मल बरामद गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको निर्देशनमा बुधवार मध्यरातमा गरिएको कारबाहीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधिहरू सम्मिलित टोली खटिएको थियो।

प्रजिअ अर्यालका अनुसार, साह मोहम्मद अन्सारीको घरबाट डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फेट ११४ बोरा गरी १४१ बोरा मल फेला परेको छ। यस्तै, युनुस अन्सारीको घरमा छापा मार्दा डिएपी २७ बोरा र पोटास २३ बोरा गरी ५० बोरा मल बरामद भएको हो। बरामद गरिएको सम्पूर्ण मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, मल भण्डारण गर्ने दुवै घरका धनी फरार रहेका र उनीहरूको खोजी जारी छ। पर्सामा हाल धानबालीका लागि मलको तीव्र अभाव भइरहेका बेला किसानका लागि पठाइएको अनुदानको मल अवैध रूपमा भण्डारण गरी कालोबजारी गर्न लागिएको आशङ्का गरिएको छ।

यसअघि प्रजिअ अर्यालले जिल्लाभर मल वितरणमा पारदर्शिता कायम गर्न कृषि सहकारीका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सुरु गरिएको अनुगमनकै क्रममा कटेयामा ठूलो परिमाणको मल बरामद भएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दीपावलीबारे टिप्पणी गरेको भन्दै सांसद आसिका तामाङमाथि कारबाहीको माग

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आसिका तामाङले दीपावली तथा हिन्दू धर्म–संस्कृतिमाथि नकारात्मक टिप्पणी गरेको आरोप लगाउँदै उनीमाथि कारबाही गर्न माग...

जयमंगलापुरमा महिला तथा पुरुष पहलवानको कुस्ती प्रदर्शन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट...

मधवलमा विराट कुस्ती प्रतियोगिता सम्पन्न, मौलिक खेलको संरक्षणमा नेता पाण्डेयको जोड

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४, मधवलमा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बिन्दबासिनी उत्तम मेला...