Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

फेटा गाउँपालिकामा आजपाको समिति पुनर्गठन

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी, मधेश प्रदेश कमिटीले बारा जिल्लाको फेटा गाउँपालिकाको कार्यसमिति पुनर्गठन गरेको छ। पार्टीका जिल्ला अध्यक्ष राजकिशोर साहद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अध्यक्षमा राकेश बैढ नियुक्त भएका छन्।

पुनर्गठित कार्यसमितिमा ४ उपाध्यक्ष, १ सचिव, ३ सह–सचिव, १ कोषाध्यक्ष र ६७ सदस्य रहेका छन्। उपाध्यक्षमा मदन साह, मुकेदार आलम, उपेन्द्र कुशवाहा र टिकेश साह कानु चयन भएका छन्। सचिवमा उमेश कुमार साह, सह–सचिवमा मनोज राम, संजय कुमार गुप्ता र अजय पटेल रहेका छन्। कोषाध्यक्षमा हसनुर मेस्त्रा जिम्मेवारी पाएका छन्।

यसैगरी, विभिन्न क्षेत्रका ६७ जनालाई सदस्य पदमा चयन गरिएको छ। पुनर्गठन भएको कार्यसमितिले पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्थानीय स्तरमा संगठन सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पार्टीले सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...