Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रसौनी–नकटुवा–वीरगन्ज सडक तत्काल कालोपत्रे गर्न आजपाको माग

spot_img
spot_img

वीरगन्ज । आम जनता पार्टी (आजपा) मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले प्रसौनी–नकटुवा हुँदै वीरगन्जलाई जोड्ने महत्वपूर्ण सडकको जीर्ण अवस्था र लामो समयदेखि निर्माण कार्य रोकिएको विषयलाई उठाउँदै तत्काल कालोपत्रे गर्न सरकारसँग जोडदार माग गरेका छन्।

उनका अनुसार, सडक निर्माणमा ढिलाइ र अव्यवस्थापूर्ण अवस्थाले स्थानीय बासिन्दा वर्षौँदेखि असुविधा भोगिरहेका छन्। स्थानीय युवाहरूले पटक–पटक आन्दोलन र माग राख्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै उनले आक्रोश व्यक्त गरे।

अध्यक्ष कुशवाहाले यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनलको असक्षमता र संवेदनशीलताको अभावका कारण सडकको निर्माणमा प्रगति नदेखिएको दाबी गरे। “जनताले भोगिरहेको पीडा बुझ्ने नेतृत्वको कमीले यो सडक अझै कालोपत्र हुन सकेको छैन,” उनले भने।

उनले सडकको खराब अवस्थाका कारण यातायातमा असुविधा, आर्थिक गतिविधिमा अवरोध र दुर्घटनाको जोखिम बढेको उल्लेख गरे। स्थानीय व्यापार र कृषिजन्य उत्पादनको ढुवानीमा समेत गम्भीर समस्या देखिएको उनले बताए।

कुशवाहाले केन्द्र र प्रदेश दुवै सरकारलाई तत्काल बजेट विनियोजन गरी प्रसौनी–नकटुवा–वीरगन्ज सडकलाई प्राथमिकतामा राखी कालोपत्रे गर्न आग्रह गर्दै चेतावनी दिए, “यदि सरकार मौन रह्यो भने जनताको दबाब स्वरूप सडक आन्दोलनमा जान हामी बाध्य हुनेछौँ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...