Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रसौनी–नकटुवा–वीरगन्ज सडक तत्काल कालोपत्रे गर्न आजपाको माग

spot_img
spot_img

वीरगन्ज । आम जनता पार्टी (आजपा) मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले प्रसौनी–नकटुवा हुँदै वीरगन्जलाई जोड्ने महत्वपूर्ण सडकको जीर्ण अवस्था र लामो समयदेखि निर्माण कार्य रोकिएको विषयलाई उठाउँदै तत्काल कालोपत्रे गर्न सरकारसँग जोडदार माग गरेका छन्।

उनका अनुसार, सडक निर्माणमा ढिलाइ र अव्यवस्थापूर्ण अवस्थाले स्थानीय बासिन्दा वर्षौँदेखि असुविधा भोगिरहेका छन्। स्थानीय युवाहरूले पटक–पटक आन्दोलन र माग राख्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै उनले आक्रोश व्यक्त गरे।

अध्यक्ष कुशवाहाले यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनलको असक्षमता र संवेदनशीलताको अभावका कारण सडकको निर्माणमा प्रगति नदेखिएको दाबी गरे। “जनताले भोगिरहेको पीडा बुझ्ने नेतृत्वको कमीले यो सडक अझै कालोपत्र हुन सकेको छैन,” उनले भने।

उनले सडकको खराब अवस्थाका कारण यातायातमा असुविधा, आर्थिक गतिविधिमा अवरोध र दुर्घटनाको जोखिम बढेको उल्लेख गरे। स्थानीय व्यापार र कृषिजन्य उत्पादनको ढुवानीमा समेत गम्भीर समस्या देखिएको उनले बताए।

कुशवाहाले केन्द्र र प्रदेश दुवै सरकारलाई तत्काल बजेट विनियोजन गरी प्रसौनी–नकटुवा–वीरगन्ज सडकलाई प्राथमिकतामा राखी कालोपत्रे गर्न आग्रह गर्दै चेतावनी दिए, “यदि सरकार मौन रह्यो भने जनताको दबाब स्वरूप सडक आन्दोलनमा जान हामी बाध्य हुनेछौँ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...