Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

गाउँपालिका अध्यक्ष यादवको प्रयासले रंग्यायो मुसहर बस्ती, ८३ घरमा बत्ती बल्यो

spot_img
spot_img

वीरगंज । पर्साको जागरनाथपुर गाउँपालिका–४ सोहपुरस्थित मुसहर बस्तीमा पहिलोपटक विद्युत जडान भएपछि स्थानीयवासीको अनुहारमा खुशी झल्किएको छ। प्रविधिको युगमा अझै टुकीको उज्यालामा जीवन बिताउँदै आएका ८३ दलित परिवारका घरघरमा गाउँपालिका कार्यालयले निःशुल्क मीटर जडानसहित विद्युत पुर्‍याएको हो।

यो पहल गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको दीर्घ प्रयास र विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रको सहयोगमा सम्भव भएको हो। विद्युत विस्तारसँगै मुसहर बस्ती अँध्यारोबाट मुक्त भई उज्यालो र आशाको बस्तीमा परिणत भएको अध्यक्ष यादवले बताए।

“यो केवल उज्यालो मात्र होइन, अवसर र विकासको नयाँ ढोका हो,” अध्यक्ष यादवले कालिका टाईम्ससँग प्रतिक्रिया दिंदै भने। स्थानीयवासीले पनि विद्युतले आफ्नो दैनिकी सजिलो हुने र बालबालिकाको पढाइमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...