Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

स्वास्थ्य र शिक्षामा सरकारको प्राथमिकता छैन : सांसद डा. सिंह

spot_img
spot_img

वीरगञ्ज । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारको प्राथमिकतामा राखिएको छैन भन्दै कडा आलोचना गरेका छन्। वीरगञ्ज डाक्टर्स एसोसिएसन र अपन हेल्थद्वारा नगरसभा गृहमा आयोजित कार्यक्रममा बोल्दै सांसद सिंहले संवेदनशील क्षेत्रको उपेक्षा हुनु दुःखद भएको बताए।

“डाक्टरको मूल्य छैन, तर तस्करको मूल्य धेरै छ। यहाँका बिरामी वीरगञ्ज छोडेर काठमाडौं जानुपर्ने अवस्था आउनु राम्रो होइन। मन्दिर–मस्जिदमा होइन, शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ,” सिंहले भने।

उनका अनुसार दातृ निकायबाट लिइएको ऋण मन्त्रीको क्वार्टर, गाडी खरिद वा भ्युटावर बनाउन प्रयोग हुने गरेको छ, तर त्यो रकम शिक्षा र स्वास्थ्यमा लगानी हुनुपर्ने हो। वीरगञ्ज आर्थिक नगरी भएर पनि राष्ट्रिय नेता उत्पादन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे।

सिंहले शेरबहादुर देउवालाई सुदूरपश्चिमको मात्र नेता भएको आरोप लगाउँदै नेताहरूको प्राथमिकता भौगोलिक क्षेत्र र व्यक्तिगत स्वार्थमा सीमित रहेको बताए। उनले पोखरा विमानस्थल र नयाँ संसद भवन निर्माणलाई भ्रष्टाचारका लागि गरिएको प्रोजेक्टको उदाहरणका रूपमा प्रस्तुत गरे।

नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताले पनि सरकारले चिकित्सकका समस्यालाई गम्भीरतापूर्वक नलिएको उल्लेख गर्दै, ३५ वर्षदेखि अस्पतालको दरबन्दी नबढेको र एक जना चिकित्सकलाई ओपिडीमा १०० भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था रहेको बताए।

वरिष्ठ चिकित्सक डा. श्याम सुन्दर दासले एमबीबीएस वा एमडी पढ्न डेढदेखि दुई करोड रुपैयाँसम्म खर्च हुने तर सेवा–सुविधा न्यून भएकाले लगानी नै नउठ्ने अवस्था रहेको बताए। कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी र चिकित्सकहरूले क्षेत्रका समस्या तथा जिज्ञासा राखेका थिए।

कार्यक्रमको सञ्चालन नारायणी अस्पतालका फिजिसियन डा. उदय नारायण सिंहले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...