Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्रसौनी गाउँपालिकामा आजपाकाे संगठन विस्तार, नयाँ पदाधिकारी घोषणा

spot_img
spot_img

बारा । आम जनता पार्टी (आजपा)ले बारा जिल्लाकाे प्रसौनी गाउँपालिकामा आफ्नो संगठन विस्तार गर्दै नयाँ पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी तोकेको छ । पार्टीको निर्णयअनुसार विभिन्न पदमा नियुक्त भएका सम्पूर्ण जिम्मेवारहरूलाई पार्टीले हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्राप्त विवरणअनुसार मनोज कुशवाहा अध्यक्षमा चयन भएका छन् । त्यस्तै, हरिनारायण प्रसाद कुशवाहा, दिपेन्द्र साह, हृदय चौधरी र उमेश कुशवाहा उपाध्यक्षमा नियुक्त भएका छन् । सचिवमा रोशन कुशवाहा, सह–सचिवमा मुकेश कुशवाहा, सुशील कुशवाहा र साहिन मिया रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी बन्दना गुप्ता कानुलाई दिइएको छ।

यसैगरी, समितिमा सदस्यका रूपमा नित्यानन्द प्रसाद कुशवाहा, विवेक कुशवाहा, मोहनर्सी चौधरी, अरुणर्सी चौधरी, नागोरार चौधरी, राम अजोखा कुशवाहा, रामु साह, दिपक साह, विपिन साह, देब कुमार कुशवाहा, सत्तन साहनी र विवेक कुशवाहा रहेका छन् ।

पार्टीले नयाँ नेतृत्वलाई जनतासँग निकट रहि संगठन सुदृढ पार्न र पार्टीको नीति–कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गरेको पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...