Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

दाजु–बहिनीको माया र बन्धनको उत्सव, रक्षाबन्धन हर्षोल्लासका साथ मनाइँदै

spot_img
spot_img

वीरगंज । आज देशभर दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध र मायाको प्रतीक पर्व रक्षाबन्धन हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि बजारमा राखी, मिठाई, चकलेट र उपहार किनमेल गर्ने भीड बढेको छ भने मन्दिर तथा पूजा स्थलहरूमा दाजु–बहिनीको भीड देखिएको छ।

यस अवसरमा बहिनीहरूले दाजुको हातमा राखी बाँधेर दीर्घायु र सफलताको कामना गरेकी छन्, भने दाजुहरूले बहिनीको सुरक्षा र सधैं साथ दिने वचन दिएका छन्। घर–घरमा विशेष परिकार तयार पारिँदैछ भने दाजु–बहिनी टाढा रहेका परिवारहरू सामाजिक सञ्जाल र भिडियो कलमार्फत् यो पर्व मनाइरहेका छन्।

वीरगञ्जको माईस्थान, घण्टाघर, आदर्शनगर लगायतका क्षेत्रमा बिहानदेखि नै राखी पसलहरूमा चहलपहल देखिएको छ। व्यापारीहरूका अनुसार यस वर्ष राखी र मिठाईको बिक्री गत वर्षको तुलनामा बढी भएको छ।

रक्षाबन्धनलाई हिन्दू धर्मावलम्बीहरूले मात्र नभई अन्य समुदायका मानिसहरूले पनि आपसी माया, भाइचारा र विश्वासको पर्वका रूपमा मनाउने गरेका छन्।

रक्षाबन्धनको मुहुर्त समय (२–३ स्रोतहरूको आधारमा):

स्रोत महुर्त समय अतिरिक्त जानकारी
Economic Times / Drik Panchang 5:47 AM – 1:24 PM, (प्रत्येक स्थान अनुसार)
Times of India / Hindustan Times / NDTV उस्तै: 5:47 AM – 1:24 PM
DrikPanchang (जनकपुर, नेपाल) 5:30 AM – 1:39 PM

 

नेपालमा विशेषगरी जनकपुर क्षेत्रको DrikPanchang अनुसार रक्षाबन्धन समारोह बिहान ५:३० बजेबाट दिउँसो १:३९ बजे सम्म नै धार्मिक दृष्टिले शुभ मानिन्छ ।

तर, अन्य प्रचलित स्रोत (Indian media र DrikPanchang का) मा समय सामान्यतया ५:४७ AM – १:२४ PM नै मानिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...