Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन कार्यक्रम शुक्रबार वीरगंजका्े आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा कानुन तथा संघीय मामिला मन्त्री अजय चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित रहे।

विशिष्ट अतिथिमा प्रदेश सभासद् बिना शर्मा, समाजसेवी श्याम पटेल, उद्योगी ओम प्रकाश शर्मा र अशोक वैधलगायतको सहभागिता थियो । अग्रवाल समाजका विभिन्न क्षेत्रका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो।

कार्यक्रमको संयोजन तदर्थ समिति संयोजक ज्योति कुमार केयालले गरेका थिए भने कार्यक्रम संयोजक अनुप अग्रवाल रहे। पदस्थापनको औपचारिक कार्य आर.पी. खेतानले सम्पन्न गराएका थिए । यस अवसरमा समाजका योगदानकर्ताद्वय श्रीमती नूतन सरावगी र श्रीमती स्वेता अग्रवाललाई विशेष सम्मान प्रदान गरिएको थियो।

सपथ ग्रहण गरिएका पदाधिकारीहरूमा अध्यक्ष ज्योति कुमार केयाल, उपाध्यक्ष सञ्जय अग्रवाल, महासचिव परमानेन्द कदमीया, कोषाध्यक्ष रवि शंकर अग्रवाल, सदस्यहरू श्रीमती नूतन पोद्दार सरावगी, अनुप अग्रवाल, सुशील मित्तल, अरविन्द खेतान, दिपेश अग्रवाल, निरज अग्रवाल, प्रदीप केडिया, अशोक टेमानी, गणेश लाठ र पिताम्बर मुनका रहेका छन्।

नवपदस्थापित अध्यक्ष ज्योति कुमार केयालले संस्थालाई सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै अग्रवाल समाजको एकता र पहिचानलाई मजबुत बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको अन्त्यमा अतिथि तथा सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...