Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रवि लामिछानेको रिहाइ र न्यायको मागमा वीरगंजमा हस्ताक्षर अभियान

तीन दिनमै ३,५०५ हस्ताक्षर

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइ र न्यायको मागसहित वीरगंजम हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । वीरगंज बसपार्क चोकमा तीन दिनअघि सुरु गरिएको यो अभियानमा स्थानीय बासिन्दा, व्यापारी, विद्यार्थी र सर्वसाधारणले सक्रिय सहभागिता जनाइरहेका छन्।

रास्वपा मधेस प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्यका अनुसार भैरहवा कारागारमा रहेका सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधपूर्ण कदमको विरोधस्वरूप यो हस्ताक्षर अभियान देशभर एकैसाथ सञ्चालन गरिएको हो । वीरगंजमा दैनिक एक घण्टा सञ्चालन हुने यस अभियानमा तेस्रो दिनसम्म ३,५०५ जनाले हस्ताक्षर गरिसकेका छन् ।

आर्यले भने, “यो केवल पार्टीगत आन्दोलन मात्र होइन, यो न्याय र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने अभियान हो। जनताको समर्थनले देखाएको छ कि रवि लामिछानेलाई निष्पक्ष सुनुवाइ र न्याय दिनु जरुरी छ।”

शुक्रबारकाे कार्यक्रममा रास्वपा जिल्ला सभापति हरी पन्त, मधेस प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्य, मधेस प्रदेश सदस्य नवीन प्रसाद चौरसिया, मनोज पण्डित लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा पार्टीका कार्यकर्तासँगै सर्वसाधारणले लामबारीमा उभिएर हस्ताक्षर गर्दै लामिछानेप्रति समर्थन जनाएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...