Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

आदर्शनगर रंगशालामा लेबलिङ कार्य सुरु

spot_img
spot_img

वीरगंज । आदर्शनगर रंगशालाका संयोजकको जिम्मेवारी पाएका गोपाल प्रसाद खेतानले शुक्रबार प्राविधिक टोली बोलाएर लेबलिङ कार्य र घाँस सरसफाईको काम प्रारम्भ गरेका छन्।

खेतानका अनुसार छिट्टै रंगशालामा फोर टाेलाइट जडान गरिनेछ। उनले भने, “यो रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नति गर्ने हाम्रो लक्ष्य छ। आवश्यक पूर्वाधार निर्माणपछि यहाँ राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिताहरू आयोजना गर्न सकिनेछ।”

स्थानीय खेलकुदकर्मीहरूले खेतानको नेतृत्वमा रंगशालाको सञ्चालन थप व्यवस्थित र उद्देश्यअनुरूप हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पूर्वाधार सुधारसँगै खेलाडीको क्षमता विकासमा सकारात्मक प्रभाव पर्नेछ र रंगशालाले खेलकुद क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।

खेलप्रेमीहरूले पनि आवश्यक तयारी पूरा भएपछि आदर्शनगर रंगशाला नेपालकै पहिचान बोकेको प्रमुख खेलस्थल बन्ने अपेक्षा व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...