Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

जगरनाथपुर गाउँपालिकाबासीलाई स्वास्थ्य सेवामा विशेष छुट, नेशनल मेडिकल कलेजसँग सम्झौता

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. बीच बुधबार एक विशेष सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ। सम्झाैता पत्रमा जगरनाथपुर गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालकाे तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् ।

सम्पन्न सम्झाैता अनुसार मेडिकल कलेजले गाउँपालिकाबासीलाई OPD टिकटमा २५%, सामान्य बेड चार्जमा १५%, ICU/NICU/PICU बेड चार्जमा १६%, सर्जरी (मेजर/माइनर) मा ८%, प्याथोलोजी परीक्षणमा १०%, भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, Endoscopy मा ७%, CT Scan/MRI मा ७%, फार्मेसी (OPD) मा १०% छुट, फार्मेसी (IPD) मा १५%, दन्त (Dental) सेवामा ७% छुट प्रदान गर्ने छ ।

गाउँपालिकाका अध्यक्ष यादवले भने “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”

यस प्रकारको सहकार्यले गाउँस्तरमै नागरिकहरूको जीवनस्तर सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कर्मचारीहरूद्वारा वीरगंज महानगरको लेखा शाखामा तालाबन्दी

वीरगंज । दुई महिनादेखि तलब नपाएको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार लेखा शाखामा तालाबन्दी गरेका छन्। दैनिक ज्यालादारी, करार तथा केही स्थायी कर्मचारीले संयुक्त...

मौलापुरमा प्रधानमन्त्री वालेन्द्र साहकाे पुतला दहन

वीरगंज । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको...

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...