Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजमा २०औं अडान दिवस प्रभातफेरी निकालेर मनाइयाे

spot_img
spot_img

वीरगंज । नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साको आयोजनामा मंगलबार २०औं अडान दिवस भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । दिवसको अवसरमा लेखापरीक्षकहरू वीरगंजकाे घण्टाघरमा भेला भई “अडान दिवस” लेखिएको ब्यानरसहित आदर्शनगर, घडिअर्वा, माईस्थान परिक्रमा गर्दै पुनः घण्टाघरमा फर्किएर प्रभातफेरी सम्पन्न गरेका हुन् ।

अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा भएकाे काेण सभालाई अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियार, डा. सन्तोष कुमार गुप्ता लगायतकाले सम्बोधन गरेका थिए।

कार्यक्रममा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई, पदाधिकारी प्रेमचन्द्र चौरसिया, रामबाबु साह, तथा सदस्यहरू श्याम नारायण श्रेष्ठ, रोशन श्रेष्ठ, अरुण कुमार बर्मा, अनिल कुमार कर्ण, जयन्त चौरसिया लगायत लेखापरीक्षक उमेशचन्द्र यादव, श्याम ठाकुर, किशोर गुप्ता, दीपक उपाध्याय, प्रेम उपाध्याय, बैजनाथ साह तथा लेखा सहयोगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दिवसकै अवसरमा साउन ९ गते वीरगंजस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय भिस्वाका ५१ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको अडान पर्साका काेषाध्यक्ष रामबाबु साहले जानकारी दिए । कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...