Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026

इप्रका पाेखरियाद्वारा परालमा लुकाएर राखिएको ४० किलो गाँजा बरामद

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरियाले शुक्रबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले पकाहाँ मैनपुर गाउँपालिका–२, सुर्जाहाबाट परालभित्र लुकाएर राखिएको अवस्थामा ४० किलोग्राम गाँजा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक स्वरुप शर्माकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त गाँजा परालभित्र तीनवटा बोरामा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । बारामद भएकाे लागु औषध गाँजा बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

यसअघि असार ३२ गते पनि सोही गाउँबाट प्रहरीले करिब २०० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा लुकाउने वा संलग्न व्यक्तिको खोजी पनि तीव्र पारिएको प्रहरीले जनाएकाे छ ।

पर्सा प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिँदै कडाइका साथ निगरानी बढाएको जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...

वीरगंजमा सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक तालिम सम्पन्न

वीरगंज । मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक एवं मानवजन्य प्रकोपलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने...