Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन वीरगंजकाे ऐतिहासिक कदम: ३२ जना विद्यार्थीलाई प्लस टु तहमा पूर्ण छात्रवृत्ति प्रदान

spot_img
spot_img

वीरगंज । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन वीरगंज महानगर समितिले इतिहासमै पहिलो पटक ३२ जना विद्यार्थीलाई प्लस टु तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्दै ऐतिहासिक र सराहनीय कार्य गरेको छ।

प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्रवृत्तिका लागि सिफारिस पत्र वितरण गरे ।

वीरगंजस्थित हाेटल पुजनमा भएकाे छात्रवृत्ति वितरण समारोहलाई सम्बाेधन गर्दै मेयर सिंहले प्याब्सनको पहललाई अत्यन्त सकारात्मक र प्रेरणादायी भन्दै छात्रवृत्तिलाई शतप्रतिशत निःशुल्क बनाउनु आवश्यक रहेको बताए । “छात्रवृत्ति भनेपछि कुनैपनि शीर्षकमा शुल्क नलिनु पर्छ,” उनले स्पष्ट रूपमा चेतावनी दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले वीरगंजका विद्यालय तथा शिक्षकहरू राजधानी वा अन्य सहरका भन्दा कमजोर नभएको उल्लेख गर्दै गुणस्तरमा अझ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । साथै, उनले अभिभावकहरूलाई पनि समयमै शुल्क बुझाउन आग्रह गरे ।

वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले वीरगंज मै गुणस्तरीय शिक्षाको वातावरण बनाउने दिशामा प्याब्सनले ऐतिहासिक सुरुवात गरेको बताए । उनले सामुदायिक तथा निजी विद्यालयहरूबीचको समन्वय र शिक्षा गुणस्तरमा सुधारको आवश्यकता औंल्याए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले वीरगंजकाे शिक्षा क्षेत्रमा यो छात्रवृत्ति कार्यक्रम ऐतिहासिक भएको उल्लेख गर्दै प्याब्सन पर्सा सबै पक्षसँग मिलेर शिक्षाको विकासमा अगाडि बढ्न तयार रहेको बताए ।

प्याब्सन महानगर समितिको नेतृत्वमा आयोजित प्रवेश परीक्षामार्फत छनोट गरिएका छात्रवृत्तिधारी विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक सिफारिस पत्र प्रदान गरिएको हाे । परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी आयुष सर्राफलाई ल्यापटप, दोस्रो स्थान प्राप्त सागर साहलाई ट्याब तथा संजोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो ।

प्याब्सन वीरगंजका सचिव अमित आलोकले सहजिकरण गरेकाे कार्यक्रममा उपाध्यक्ष शर्मानन्द कुश्वाहाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...