Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हुलास इन्डस्ट्रीज र नेशनल मेडिकल कलेजबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि., बीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेडबीच कर्मचारी तथा उनीहरूका आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

नेशनल मेडिकल कलेजको दर्ता कार्यालय, वीरगंज–१५ मा सम्पन्न औपचारिक कार्यक्रममा अस्पतालका निर्देशक डा. इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासनिक अधिकृत विश्वनाथ कान्त तथा हुलास समूहका तर्फबाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल, लेखा विभागका प्रतिनिधि मनोज पारिख लगायतको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार, हुलास आइरन इन्डस्ट्रीज/हुलास इन्फ्राका सञ्चालक समिति सदस्य, कर्मचारी तथा तिनका प्रत्यक्ष आश्रितहरू (बाबु–आमा, श्रीमान/श्रीमती र दुई सन्तान) ले नेशनल मेडिकल कलेजबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष (SSF) अन्तर्गतका लाभार्थीहरूलाई कोषको समन्वयमा सेवा दिइनेछ भने गैर–SSF लाभार्थीहरूका लागि विभिन्न छुटको व्यवस्था गरिनेछ।

आपतकालीन अवस्थामा Guarantee of Payment (GOP) को आधारमा तुरुन्त सेवा उपलब्ध गराइने व्यवस्था छ । साथै, औद्योगिक दुर्घटना, पूर्व-रोजगार स्वास्थ्य परीक्षण, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर संचालन पनि सम्झौताको हिस्सा हुने बताइएको छ।

सम्झौतामा सेवा पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहने प्रतिबद्धता जनाइएको छ । सम्झौता एक वर्षको लागि लागू हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ ।

नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले यो सहकार्यले निजी क्षेत्रका श्रमिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सहयोग पुग्ने र उद्योग–स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...