Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंज पावर हाउस चोकबाट मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार

मानवसेवा आश्रममा सुरक्षित राखी उपचार सुरु

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानसिक अवस्था कमजोर देखिएका एकजना पुरुषलाई मंगलबार उद्धार गरेको छ।

मंगलबार दिउँसो १२:४५ बजे वीरगंजकाे पावर हाउस चोकमा अन्दाजी ३५ वर्षका, आफ्नो नाम र ठेगाना बताउन असमर्थ एक पुरुषलाई उद्धार गरी मानवसेवा आश्रम वीरगंजमा लगिएको हो।

आश्रममा लगेपछि उनको सरसफाइ गरी नुहाइधुवाइ गराइ चिकित्सक डा. भरत गोईतकाे निगरानीमा औषधोपचार प्रक्रिया सुरु गरिएको मानव सेवा आश्रमका दिवेश गुप्ताले जानकारी दिए ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, वडा प्रहरी कार्यालयका वरिष्ठ हवल्दार दिनेश यादव तथा अन्य स्थानीय व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

मानवसेवा आश्रमले यस्ता उद्धार कार्य निरन्तर गर्दै आएको छ, जसले समाजमा सहयोग, करुणा र मानवताको भावना झनै सशक्त बनाइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...