Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा बढ्दो गर्मीमा पानी संकटसंगै विद्युत अवरुद्धले जनजीवन कष्टकर

spot_img
spot_img

वीरगंज । वीरगंजमा पछिल्ला दिनहरूमा चर्किंदो गर्मीका कारण जनजीवन अस्तव्यस्त बन्दै गएको छ । यति बेला वीरगंजबासी पानीको गम्भीर संकटसँग जुधिरहेका छन्, तर त्यसको बीचमै नेपाल विद्युत प्राधिकरणको लापरवाहीले स्थिति झन् बिग्रिँदै गएको छ ।

वीरगंजका विभिन्न क्षेत्रमा बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुँदा आम नागरिक समस्यामा परेका छन् । न त समयमै सूचित गरिन्छ, न त नियमित समयमै लाइन आउँछ । विशेषगरी बिहान र बेलुकीजस्तो अत्यावश्यक समयमा लाइन जाने गरेको गुनासो सर्वसाधारणको छ ।

स्थानीयवासीहरू भन्छन्, “चर्काे गर्मीमा बिजुली नहुँदा न त पंखा चल्छ, न त एसि, कुलर चल्छ । झन् बालबालिका र वृद्धवृद्धा हैरान छन् ।” यसका बारम्बार विद्युत अवरुद्ध हुँदा विभिन्न कार्यालयका काम समे अवरुद्ध हुने गरेकाे छ ।

सामान्य समस्या हुँदा समेत समयमै मर्मत नगर्ने, समस्या समाधानमा ढिलासुस्ती गर्ने विद्युत प्राधिकरणको व्यवहारप्रति सर्वसाधारण आक्रोशित बनेका छन् ।

वीरगंज महानगरपालिका क्षेत्रका विभिन्न वडामा दैनिकजसो दुईदेखि चार घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा त दिनमा दुई–तीन पटक लाइन जानु सामान्यजस्तै भएको छ ।

स्थानीय समाजसेवी दीपक साह भन्छन्, “यो गर्मीमा विद्युत प्राधिकरणको यस्तो लापरवाहीले जनस्वास्थ्यसमेत जोखिममा पर्न सक्छ । साना बालबालिकादेखि वृद्धसम्म प्रभावित छन् । विद्युत प्राधिकरणले तत्काल जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ ।”

स्थानीय निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग जनताले तत्काल समस्या समाधानकाे लागि पहल गरिदिन माग गरेका छन् । यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहकार्य आवश्यक देखिएको छ ।

वीरगंजबासी अहिले पानी र विजुली दुवै अभावसँग जुधिरहँदा सरकारको ध्यान यसतर्फ कहिले जान्छ भन्ने प्रतीक्षामा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...