Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज मेनरोड विस्तार रोक्न दायर नयाँ रिटको सुनुवाइ सरेर साउन १३ मा

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार नगर्न माग गर्दै दायर गरिएको नयाँ उत्प्रेषण (रिट) मुद्दाको सुनुवाइ पेसी सरेको छ। यसअघि साउन ७ गतेका लागि तोकिएको उक्त मुद्दा विपक्षी कार्यालयहरूलाई सूचना नपुगेको भन्दै सर्वोच्च अदालतले पेसी सरेको जनाएको छ। अब मुद्दा साउन १३ गते सुनुवाइका लागि तोकिएको छ।

यो नयाँ रिट गत असार ३२ गते दर्ता गरिएको हो, जुन पूर्वमा खारेज भइसकेका पाँचवटा छुट्टाछुट्टै रिटहरूकै विषयसँग मिल्दोजुल्दो रहेको कानुनी वृत्तको भनाइ छ।

यसअघि मेनरोड विस्तारविरुद्ध लक्ष्मण साह रौनियार, वीरेन्द्रकुमार संघई, राजकुमारीदेवी तुल्स्यान, भरत साह रौनियार र सुधीरकुमार वर्णवालले छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका थिए। ती सबै रिटहरूलाई न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते खारेज गरिसकेको थियो।

ती रिटहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सा, र जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइएको थियो।

एकपटक अदालतले निर्णय गरिसकेको विषयमा पुनः त्यही प्रकृतिको रिट दर्ता हुनु न्यायिक प्रक्रिया विपरीत हुने कानुन व्यवसायीहरूको तर्क छ। सोही कारणले नयाँ दर्ता भएको रिटप्रति कानुनी वृत्तमा चासो थपिएको देखिएको छ।

सडक विस्तार रोक्न खोजिएको यो नयाँ प्रयासबारे अब साउन १३ गतेको पेसीपछि मात्र अदालतको धारणा स्पष्ट हुनेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...