Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सुवर्ण गापा अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, माफी नमागे कडा कदम चाल्ने चेतावनी

spot_img
spot_img

कलैया । बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ बारा शाखा र मधेश प्रदेश समितिले कडा आपत्ति जनाएका छन्। दुवै निकायले अध्यक्ष यादवलाई तत्काल सार्वजनिक रूपमा माफी माग्दै अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्, अन्यथा थप आन्दोलनात्मक कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार, साउन ६ गते मोटरसाइकल र स्कारपियो दुर्घटनाको घटनालाई लिएर समाचार लेखेको निहुँमा अध्यक्ष यादवले सामाजिक सञ्जालमा पत्रकारमाथि अपमानजनक टिप्पणी गरेका थिए। महासंघले यस्तो अभिव्यक्तिले प्रेस स्वतन्त्रता र पत्रकारको मनोबलमाथि प्रत्यक्ष प्रहार भएको जनाएको छ।

“अध्यक्ष यादवले कानुनी बाटो रोज्नुको सट्टा सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै पत्रकारलाई बदनाम गर्न खोज्नु लोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रतामाथिको अवहेलनाको प्रतिक हो,” विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, महासंघले पत्रकारहरूमाथि लगाइएका आरोपहरू बेबुनियादी र प्रमाणविहीन भएको उल्लेख गर्दै ती कुराहरू सार्वजनिकरूपमा प्रमाणसहित प्रस्तुत गर्न अध्यक्ष यादवसँग मागसमेत गरेको छ।

यसैबीच, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पनि अध्यक्ष यादवको अभिव्यक्तिलाई प्रेसमाथिको आक्रमणको रूपमा व्याख्या गर्दै कडा शब्दमा निन्दा गरेको छ। महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा जारी विज्ञप्तिमा, सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्ता गैरजिम्मेवार अभिव्यक्ति आउनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।

समाचारप्रति असहमति कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने अवस्थामै पत्रकारिता पेशालाई आक्षेप लगाउने कार्यप्रति महासंघले चिन्ता व्यक्त गरेको छ।

दुवै शाखाले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीमाथि आक्षेप लगाउने, धम्क्याउने वा बदनाम गर्ने खालका गतिविधि तत्काल बन्द गर्न र यस्ता कार्य नगराउन सम्पूर्ण सार्वजनिक पदाधिकारीहरूलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...