Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीरगंजका ट्राफिक प्रहरी प्रमुख भट्ट ‘असार महिनाका उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट

spot_img
spot_img

वीरगंज । ट्राफिक व्यवस्थापनमा सक्रियता, अनुशासन र कर्तव्यपरायणताको उदाहरण प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको ‘Best Traffic Police of the Month’ घोषित गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा अन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएका हुन् । उनी ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।

प्रहरी निरीक्षक भट्टले आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै वीरगंजको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। यही योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई रु ६,३०० नगद पुरस्कारसहित सम्मान गरिएको हो।

नेपाल प्रहरीका अनुसार ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने उद्देश्यले मासिक रूपमा “Best Traffic Police of the Month” घोषणा गरिन्छ। असार महिनाको लागि यो सम्मान प्रहरी निरीक्षक भट्टलाई प्रदान गरिएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको...

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको...