Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सखुवा प्रसौनीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनस्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको हर्दिया प्रसौनी निवासी ५० वर्षीय जिरजोधन माझी रहेको प्रहरीले जनाएको छ।

ससुराली आएका माझी मंगलबार दिउँसो करिब ३ देखि ४ बजेको समयमा सम्पर्कविहीन भएका थिए। बुधबार बिहान वडा कार्यालय नजिकै रहेको पोखरीमा एक शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक स्वरुप शर्मा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...