Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

सखुवा प्रसौनीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनस्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको हर्दिया प्रसौनी निवासी ५० वर्षीय जिरजोधन माझी रहेको प्रहरीले जनाएको छ।

ससुराली आएका माझी मंगलबार दिउँसो करिब ३ देखि ४ बजेको समयमा सम्पर्कविहीन भएका थिए। बुधबार बिहान वडा कार्यालय नजिकै रहेको पोखरीमा एक शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक स्वरुप शर्मा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाईमा कर्मचारी आन्दोलन जारी, शुक्रबारदेखि विद्यालय र स्वास्थ्य सेवा सञ्चालन हुने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्...

जेठकाे तलब पठाउने सहमतिपछि वीरगंज महानगरका कर्मचारीको आन्दोलन स्थगित

वीरगंज । बाँकी रहेको दुई महिनाकाे तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगंज महानगरपालिकाका कर्मचारीले एक महिनाको तलब तत्काल उपलब्ध गराउने सहमतिपछि आफ्नो आन्दोलन...

पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष...